हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ? « Khabarhub

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्योतिषी हरहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० बाट प्रदर्शनमा आउँदैछ ।

अहिले निर्माण टिम प्रचारमा व्यस्त छ । फिल्मबारे जानकारी दिन निर्माण पक्षले सोमबार हात्तिसारमा पत्रकार सम्मेलन गरेको थियो ।

भारतीय कलाकार अभिनय रहेको एवम् मल्टिस्टार फिल्म भए पनि पूर्वनिर्धारित समयमै छायाङ्कन सकिएको नायक हरिहरले जानकारी दिए

उनले भने, ‘हामीले बाधाअर्चन नआई फिल्मको छायाङ्कन सक्कायौँ । यो ठूलो ग्राफको फिल्म पूर्वनिर्धारित तालिकाअनुसार ४३ दिनमा सक्कायौँ ।’

ज्योतिषीसमेत रहेकाले हरिहरलाई ज्योतिषशास्त्रअनुसार फिल्मको ग्रह–दशाबारे समेत प्रश्न सोधिएको थियो । उनले ज्योतिषशास्त्रअनुसार फिल्म सफल भएको जवाफ दिए ।

उनले भने, ‘राम्रो साइतमा काम सुरु गर्‍यो भने मान्छे गन्तव्यमा पुगिन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ । कुनै बाधाबिना छायाङ्कन र पोस्टप्रोडक्सनको काम भयो । त्यसैले यो फिल्म सफल भयो ।’

हरिहरले फिल्म सफल भने पनि प्रदर्शन हुन बाँकी नै छ । फिल्मले लगानी सुरक्षित गरी मुनाफा दिएको खण्डमा सफल भएको मानिन्छ ।

बक्सअफिसमा सफल रहला कि असफल भन्ने प्रश्नमा उनी हाँस्दै जवाफ दिन्छन्, ‘प्रदर्शनको कुरामा ज्योतिषशास्त्रको हात नहुने रहेछ ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : १७ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती