उर्लाबारीका नगरप्रमुख खरेलमाथि कार्यालयमै मुक्का प्रहार « Khabarhub

उर्लाबारीका नगरप्रमुख खरेलमाथि कार्यालयमै मुक्का प्रहार


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार अपरान्ह कार्यालयमै हातपात भएको छ ।

उर्लाबारी –७ का ४२ वर्षीय मिलन भण्डारीले खरेलमाथि कार्यालयमै मुक्का हानेका हुन् ।

सोमबार दिउँसो ११ बजे भण्डारी नगरप्रमुख खरेललाई भेट्न कार्यालय पुगेका व्यवसायी भण्डारीले हातपात गरेका हुन् ।

भण्डारीले नगरप्रमुखसँग योगसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट माग गरेका थिए ।

नगरप्रमुख खरेलले प्रक्रिया पुर्‍याएर तिहारपछि आउन भनेर बैठकतिर लागेका थिए । तर भण्डारी खरेललाई कुरेर बसेका थिए । खरेल कार्यालयबाट बाहिर निस्किनासाथ सोमबार अपरान्ह ५ बजे मुक्का प्रहार गरेका हुन् ।

मुक्का प्रहार गर्ने भण्डारीलाई नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले घटनाको अनुसन्धान भइरहेको बताए । भण्डारी उर्लाबारीका चर्चित थेरापिष्ट हुन् ।

उनले यसअघि थेरापी सेन्टर चलाएका थिए । पछिल्लो समय नगर प्रमुख खरेलले विद्यालय शिक्षामा योग र प्राणायामलाई पाठ्यक्रममा राख्नुपर्ने बताइरहेका छन् ।

नगरप्रमुखको उक्त भनाइ अनुसार भण्डारी केही समययता योगाशन र प्राणायामको पाण्डुलीपिलाई पुस्तकाकाकार दिन सहयोगी खोज्दै हिँडिरहेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : १९ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक