‘ह्रस्व दीर्घ’को निर्देशनबाट किन पछि हटिन् नीता ? « Khabarhub

‘ह्रस्व दीर्घ’को निर्देशनबाट किन पछि हटिन् नीता ?


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गाना फिल्म निर्देशनमा फट्को मार्न खोजिरहेकी छन् । उनले पछिल्ला तीन/चार वर्षयता सार्वजनिक स्थानमै निर्देशनमा हात हाल्ने बताउँदै आएकी छन् ।

आगामी कात्तिक ३० गते प्रदर्शन तय भएको फिल्म ‘ह्रस्व दीर्घ’मा उनकै निर्देशन रहने चर्चा पनि चलेको हो । तर, नीता यस फिल्मको निर्देशनबाट पछि हटिन् । निर्देशकमा चन्द्र पन्तको प्रवेश भयो ।

यद्यपि; नीताले यस फिल्मबाट आफ्नो परिचय विस्तार भने गरिन् । उनी फिल्म निर्मात्री बनिन् । फिल्म प्रदर्शनबारे जानकारी दिन हात्तीसारमा सोमबार गरिएको पत्रकार सम्मेलनमा आफूले यस फिल्म निर्देशन नगर्नुको कारणबारे बोलेकी छन् ।

यो पनि…

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्- ब्रह्मानन्दमको भूमिका जितुलाई प्रस्ताव गरिएको थियो

सुरुवाती चरणमा अनुमान गरिए भन्दा फिल्म ठूलो प्रोजेक्टका रूपमा विकास भएकाले आफू निर्देशनबाट पछि हटेको नीताको भनाइ छ ।

उनले अगाडि भनिन्, ‘ठूलो क्यान्भासमा यो फिल्म बन्ने भएपछि म पछि हटेको हो । परिपक्क निर्देशकको आवश्यक महसुस भयो ।’

निर्देशकमा पन्त भित्रिएपछि फिल्म अझ ठूलो क्यान्भासमा विकास भएको उनले सुनाइन् । भनिन्, ‘चन्द्र दाइ आएपछि फिल्म झन् ठूलो भयो । भारतीय कलाकारहरूलाई समेत फिल्ममा खेलाउने परिस्थिति निर्माण भयो ।’

फिल्म ‘ह्रस्व दीर्घका निर्देशक चन्द्र पन्त ।

फिल्ममा भारतीय कलाकारको भूमिका

प्रचारमा लागि सहयोग पुग्ने आशयले नेपाली फिल्ममा भारतीय कलाकारलाई अभिनय गराएको विगत पनि छ । प्रचारकै लक्ष्यले अनुबन्ध गराउँदा भारतीय कलाकारलाई सानो भूमिका दिइएको पाइन्छ ।

यस फिल्ममा पनि ब्रह्मानन्दम, प्रकाश रावत, मुहम्मद अली, सुनील बर्मा र कबिर दुहनलगायत भारतीय कलाकारको अभिनय छ । सोहीकारण प्रचारका लागि भारतीय कलाकार भित्र्याएको आरोप निर्माण पक्षलाई स्वभाविक लागेको छ ।

यो आरोपबारे फिल्म निर्देशक चन्द्र पन्त पनि जानकार छन् । तर, कथाको मागअनुसार नै भारतीय कलाकार भित्र्याइएकोले यस आरोप ‘ह्रस्व दीर्घ’मा लागु नहुने उनको दाबी छ ।

‘यस फिल्ममा ब्रह्मानन्दमको २५-२६ सिन छ । सायद उहाँले गरेका १४०० फिल्ममध्ये यसमै ठूलो भूमिका होला,’ कलाकारको भूमिकाबारे उनी भन्छन्, ‘प्रदीप रावतले १२ दिन छायाङ्कन गर्नुभयो । उहाँको भूमिका झन् कति होला ?’

सुनील बर्माको भने सानो र शक्तिशाली भूमिका रहेको पन्तले खुलाए । आरोप खण्डन गर्दै उनले भने, ‘हामीले नाम होइन, कामका लागि भारतीय कलाकार ल्याएका हौं ।’

थप…

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ०८ बजे

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

विराटनगर– सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको