जब सृष्टिले कोट्याइन् नाजिरको ‘टिन्डर’ किस्सा… « Khabarhub

जब सृष्टिले कोट्याइन् नाजिरको ‘टिन्डर’ किस्सा…


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको कुपण्डोलस्थित एक हलमा बुधबार एक कार्यक्रमको आयोजना गरी फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा लेखक एवम् निर्देशक दीपेन्द्र गौचन, नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ लगायत फिल्मका अन्य कलाकार र प्राविधिकहरूको उपस्थिति थियो ।

ट्रेलरमा नाजिर र सृष्टि प्रेमिल भावमा प्रस्तुत भएका छन् । फिल्ममा नाजिर राम र सृष्टि सीताको भूमिकामा रहेको ट्रेलरले खुलाएको छ । निर्देशक गौचनका अनुसार फिल्ममा ९५ प्रतिशत ‘स्क्रिन टाइम’ नाजिर र सृष्टिको भूमिकाले पाएको छ ।

ट्रेलरअनुसार राम र सीताको भेट ‘डेडिङ साइट’बाट भएको हुन्छ । त्यो कुरा नाजिरको संवादबाट थाहा हुन्छ । नाजिरले सृष्टिलाई भन्छन्, ‘तपाईं यति राम्री हुनुहुन्छ, तर डेटिङ साइटमा किन ? तपाईंलाई त केटी पाउन गाह्रो नहुने पर्ने हो !’

ट्रेलर सार्वजनिक पश्चातको कुराकानीमा नाजिरलाई यही संवादसँग सम्बन्धित प्रश्न सोधिएको थियो । ‘कहिल्यै डेटिङ एप प्रयोग गर्नुभएको छ ?’ भन्ने प्रश्नमा नाजिरले ‘छैन’ भन्ने जवाफ फर्काए ।

सँगै नाजिरलाई ‘केही किस्सा छ ?’ भनेर सोधिएको थियो । यसको जवाफ भने सृष्टिले दिइन् । उसको साथीसँगको प्रसङ्ग हो भनेर सृष्टिले बोल्दै गर्दा नाजिरले बीचमै रोके र भने, ‘साथी होइन पूर्वप्रेमिकासँगको हो ।’

अनि सृष्टिले थपिन्, ‘उसको साथीको र प्रेमिकाको डेटिङ एप टिन्डरमा भेट भएको हो भनेर नाजिरलाई सुनाएछन् । अनि नाजिरले टिन्डर भनेको कुन ठाउँ हो ? भनेर सोधेछ ।’

नाजिरले पनि यो घटना सत्य भएको स्वीकार गरे । उनले अगाडि भने, ‘यो विदेशमा भएको किस्सा हो । विदेशमै भएकाले टिन्डर भनेको ठाउँको नाम होला जस्तो मलाई लाग्यो । अनि कहाँ छ भनेर सोधेँ । पछि टिन्डर डेटिङ एप भन्दा लाज लाग्यो ।’

हेर्नुहोस् फिल्मको ट्रेलर :

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ५९ बजे

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा