स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत « Khabarhub

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको छ । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) तनमय लालले युरोपेली युनियन ईयूमा स्पेन भारतको निकट साझेदार रहेको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्पेन ईयूको पाचौँ र विश्वको १५ औँ ठूलो अर्थतन्त्र हो । हाल स्पेनले ईयूको अध्यक्षता गरिरहेको छ । त्यसबाहेक स्पेन विश्वको १० ठूला रक्षा उपकरण निर्यातकर्ता मुलुकको सूचीमा पनि आउँछ ।

प्रधानमन्त्री सान्चेजको भारत भ्रमणबाट दुई मुलुकबीच सुमधुर बन्दै गएको सम्बन्धमा नयाँ आयाम थप्ने भारतीय विदेश मन्त्रालयले विश्वास व्यक्त गरेको छ । आगामी दिनमा दुई मुलुकबीच सूचना प्रविधि, रयासन, ऊर्जा, औषधिजस्ता क्षेत्रमा सहकार्य थप बढ्दै जाने मन्त्रालयको अपेक्षा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १० : ३७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का