बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १५ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३१ तारिख। कात्तिक कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। कुकुर तिहार, नरक चतुर्दशी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन आजै परेका छन्।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : २४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार