स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काम बाहेक घरमै बस्न आग्रह « Khabarhub

स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काम बाहेक घरमै बस्न आग्रह


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

स्पेन – स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् । 

स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरूमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तिमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गर्नुभएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । 

पूर्वी भ्यालेन्सिया र कास्टेलन प्रान्तका बासिन्दालाई सान्चेजले भने, ‘अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकेसम्म धेरै मानिसको ज्यान बचाउनु हो । घरमा रहेका सबै नागरिक केही समय कामलाई थाँती राखेरै भएपनि सुरक्षित रूपमा घरमा नै बस्नुहोस।’

भूमध्यसागरीय आँधीबेहरीका कारण भारी वर्षा र माटोले भरिएको पानीको बहावले मानिस, कार र घरहरू बगाएपछि स्पेनले बिहीबारदेखि तीन दिनको शोकको घोषणा गरेको छ । यो अवधिमा सरकारले कुनै औपचारिक कार्यक्रम नगर्न र देशभरका सरकारी भवनहरूमा झन्डाहरू आधा झुकाएर शोक मनाउन आग्रह गरेका छ । 

एक हजार २०० भन्दा बढी सैनिकको सहयोगमा बिहीबार आपतकालीन सेवाले बाढीसँगै आएको माटोले ढाकिएका सहर र गाउँहरूमा उद्धार कार्य जारी राख्न भग्नावशेषबाट सडकहरू सफा गर्न मद्दत गरेका छन् । 

धेरै मानिस अझै हराइरहेका र केही क्षेत्रहरू बुधबार दिनभर उद्धारकर्ताहरूको पहुँचमा नरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ६ : ४१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने