विश्वकप लिग २- अमेरिकामाथि स्कटल्यान्डको शानदार जित, ब्रान्डमले जोडे १५१ रन « Khabarhub

विश्वकप लिग २- अमेरिकामाथि स्कटल्यान्डको शानदार जित, ब्रान्डमले जोडे १५१ रन


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

डालार्स – स्कटल्यान्डले आइसिसी वर्ल्ड कप लिग–२ को खेलमा अमेरिकालाई ७१ रनले हराएको छ।

अमेरिकाको डालासमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३१७ रनको योगफल खडा गरेको थियो।

३१८ रनको लक्ष्य पाएको अमेरिका ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४६ रनमा सीमित भएको थियो।

स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलेनले सर्वाधिक १५१ रन जोडे। उनको पारीमा ११ चौका र ६ छक्का समावेश थियो। यस बापत उनी खेलको म्यान अफ द म्याच बने। चार्ली टियरले ५१ रन जोडे। माइकल लिस्कले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३३ रन जोडे।

अमेरिकाका सौरभ नेत्रभालकरले १० ओभरमा ६९ रन खर्चेर २ विकेट लिए। अत्यन्त महँगो साबित भएका जसदिप सिंहले १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिए।

जवाफमा ब्याटिङ गरेको अमेरिकाले ६.३ ओभरमा २५ रन जोड्दै २ विकेट गुमाएको थियो। अमेरिकाका उत्कर्ष श्रीवत्सवाले ६७, मोनाक पटेलले ५२ तथा सञ्जय कृष्णमुर्थीले ४९ रन जोडे।

स्कटल्यान्डका ज्याक जार्भिसले ७ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए। मार्क वाट र ब्राड कारीले समान दुई विकेट लिए। तालिकामा अमेरिका ११ खेलमा १४ अङ्क जोडेर दोस्रो तथा स्कटल्यान्ड १० खेलमा १३ अङ्क जोडेर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : २४ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६