चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा « Khabarhub

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो । 

जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताए।

कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको  ट्यांकीमा संकलन गरिएको छ । 

अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए । यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक छ लाख बेहोर्दै आएको थियो।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार पन्ध्र शय्याको अस्पतालले हाल ५० शय्या राखेर सेवा प्रवाह गरिरहेको छ । अस्पतालले गत वर्ष ५८ हजार छ सय २६ बिरामीको सेवा गरेको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ४८ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको