भाइटीका लगाउँदा कुन दिशातिर फर्किने ?  « Khabarhub

भाइटीका लगाउँदा कुन दिशातिर फर्किने ? 


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, मर मसला एवं सेल रोटीलगायतका खानेकुरा दिने पनि चलन छ  । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

यसपालिको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

आज बिहान ११ः३७ बजे भाइटिकाको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन् ।

कता फर्केर लगाउने ?

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने भनेको छ ।

भाइटीकामा दाजुभाइ कता फर्किने ? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने ? यो वर्षको भाइटीकामा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए।

‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ । आइतबार चन्द्रमा वृश्चिक राशिमा छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ।

चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व-पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।

चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्केर पनि टीका लगाउन सकिन्छ। यसो गर्दा दिदीबहिनी पूर्वतिर फर्किनुपर्छ। दक्षिण फर्किनु हुँदैन। दक्षिण दिशा पितृकर्मका लागि उपयुक्त मानिन्छ। शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : १५ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास