सगरमाथा क्षेत्रमा लडेर घाइते जापानी नागरिकको उद्धार « Khabarhub

सगरमाथा क्षेत्रमा लडेर घाइते जापानी नागरिकको उद्धार


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापनिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए । खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कँदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए ।

पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डिएसपी घिमिरेले बताए । उनले भने, ‘उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौँ, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ । घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ ।’

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उहाँ काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरूको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : ५९ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि