लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु « Khabarhub

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बेरुत– पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हुनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो ।

स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए ।

यसै गरी  बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चार वटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै  अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौँ भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ  जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९  भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : ११ बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो