गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने « Khabarhub

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो ।

गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान सेप्टेम्बर १ मा सुरु भएको हो ।

पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा गरियो र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण अक्टोबर १४ मा अनुसूचीअनुसार सुरु भयो । युद्धमा मानवीय विरामको सहययोगमा पहिले केन्द्रीय गाजामा र त्यसपछि दक्षिणमा खोप अभियान सुरु भएको हो ।

तथापि डब्लुएचओले ‘तीव्र बमबारी’ का कारण जमिनी अवस्था ‘असम्भव’ भएकाले अक्टोबर २३ मा सुरु हुन लागेको उत्तरमा अन्तिम चरण स्थगित ग¥यो । हमास लडाकुहरूलाई त्यहाँ पुनः सङ्गठित हुन नदिने उद्देश्यले इजरायलले गत महिना उत्तरी गाजामा ठूलो हवाई र स्थल आक्रमण सुरु ग¥यो ।

“उत्तरी गाजामा पोलियो खोप भोलि पुनः सुरु हुन तयार छ”, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले शुक्रबार सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी गाजा सहरमा खोप अभियान गर्न आवश्यक मानवीय विरामको बारेमा आश्वस्त छौँ, दुर्भाग्यवश कभर गरिएको क्षेत्र पहिलो खोप चरणको तुलनामा उल्लेख्य रूपमा घटाइएकाले केही बालबालिकालाई असुरक्षित र सङ्क्रमणको उच्च जोखिममा छोड्नेछ ।”

उत्तरमा खोपहरू स्थगित गर्नुको आफ्नो मूल कारणमा संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले मानवीय विरामका लागि अनुमोदित क्षेत्र गाजा सहर मात्र सीमित रहेको बताएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : २५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने