हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट « Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

पूल ‘बी’को विजेता बन्दै नेपाल क्वाटरफाइनलमा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारेका हुन्। उनी म्यान अफ द म्याच बने।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काउँदा राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे।

यो जितसँगै नेपाल पूल ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ। पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ।

पूल बी बाट उपविजेता बन्दै अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ। इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : १३ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै