शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा « Khabarhub

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । 

संघीय सरकारको र नगरपालिकाको ५०-५० प्रतिशत अनुदानमा गरी  छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । 

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण  निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भैरहेको छ ।

 नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरा भै दुई सय २५ घनमिटरको टङ्की निर्माण  अन्तिम चरणमा पुगेको छ । 

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुराभै रङगरोगन,विद्युत जडानको कार्य भैरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए । 

एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन बिछ्याउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाईन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ । 

वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १२ : ४४ बजे

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

काठमाडौं– मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण- मुस्ताङ र मनाङमा