'सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन'  | Khabarhub Khabarhub

‘सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन’ 


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् ।

नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे। 

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरूप विगतमा आफू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रकम दिएको जानकारी पनि गराए। 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमानसिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मंगलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षका कार्यक्रममा पुगेर शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १२ : ५९ बजे

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६

हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओद्वारा कोलेरा किट  प्रदान 

काठमाडौं– हैजा प्रभावित क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले

रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु 

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्काशन