प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण « Khabarhub

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् । 

शनिबार भक्तपुरको थिमीमा नेपाल संवत् नयाँ वर्ष  ११४५ को अवसरमा शङ्खधर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओली मुलुकभित्रको सांस्कृतिक कला, संस्कृति र सम्पदाको सवै मिलेर जगेर्ना गर्नुपर्ने बताए । उनले पाठ्यक्रममा ऐच्छिक बिषयको रुपमा नेपाल भाषालाई समावेश गर्न आवश्यक प्रबन्ध गर्ने धारणा राखे ।

शङ्खधर साख्वाको कामले सुरु भएको नेपाल सम्वतलाई आगामी दिनमा पनि ऐतिहासिक रुपमा मनाइने उनले बताए ।

तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्हरूको भनाइ छ । वि.सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बतको थालनी गरेको बताइदै आइएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : २७ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले