हराएका दुई पर्यटकमध्ये एक जना आए सम्पर्कमा « Khabarhub

हराएका दुई पर्यटकमध्ये एक जना आए सम्पर्कमा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् ।

दुई साता अगाडि ठमेलस्थित काठमाडौँ टे«किङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चीज रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन् । सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए। 

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् ।

शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ ब्याग देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका युवा वरिष्ठ क्याप्टेन (पाइलट) विवेक खड्काले बताए। 

पाइलट खड्काले भने, ‘क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हवाई खोज उद्धारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण  राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट सिल्पिङ ब्याग देखिएको हो ।’ 

यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोटलागेरबीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायक बाट उद्धार गरेको हो ।

 निज पर्यटकको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको उक्त एयरले जनाएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : १२ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा