जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते « Khabarhub

जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका अधिकारीले बताएका छन् ।  

बेकासीको विपद् व्यवस्थापन एजेन्सीको पुनर्निर्माण तथा पुनर्वास एकाइका प्रमुख इधम खोलिदका अनुसार बेकासी सहरको औद्योगिक परिसरमा शुक्रबार आगलागी भएको हो भने हाललाई आगो नियन्त्रणमा आइसकेको छ ।

घाइतेहरू मध्येका  तीन जनासहित अधिकांश हताहतमा पर्नेहरू कारखानाका कामदारहरू  तथा एकजना अग्नि नियन्त्रक रहेको जनाइएको छ ।  

जकार्ता खोजी तथा उद्धार विभागका प्रमुख अगुङ प्रियाम्बोडोले घाइते व्यक्तिहरू अस्पतालमा उपचार भइरहेको उल्लेख गरेका छन्  ।  

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ५९ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई