आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल | Khabarhub Khabarhub

आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लन्डन- इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा न्यु क्याशल युनाइटेडले आर्सनललाई १-० ले हराएको छ।

अलेक्जेन्डर इसाकले १२ औँ मिनेटमा हेड गोल गर्दै न्यु क्याशललाई जित दिलाएका हुन्। सुरुवातमा राम्रो खेल खेलेको आर्सनलको लय इसाकको गोलपछि बिग्रिएको थियो। आर्सनल १८ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ। लिभरपुल पराजयसँगै तालिकाको शीर्ष स्थानमा कायमै छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २५, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ तथा तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टको १९ अङ्क छ।

पाँचौँ स्थानमा रहेको अस्टनभिल्लाको १८ अङ्क छ। सोमबार अस्टन भिल्लाले टोटनहाम हस्टस्पर्ससँग खेल्ने छ। यसैगरी १७ अङ्कसहित छैटौँ स्थानमा रहेको चेल्सीले सोमबार म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ। १० खेल खेलेको आर्सनल पछिल्ला तीन खेलमा जितबिहीन छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५१ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही