आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल « Khabarhub

आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लन्डन- इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा न्यु क्याशल युनाइटेडले आर्सनललाई १-० ले हराएको छ।

अलेक्जेन्डर इसाकले १२ औँ मिनेटमा हेड गोल गर्दै न्यु क्याशललाई जित दिलाएका हुन्। सुरुवातमा राम्रो खेल खेलेको आर्सनलको लय इसाकको गोलपछि बिग्रिएको थियो। आर्सनल १८ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ। लिभरपुल पराजयसँगै तालिकाको शीर्ष स्थानमा कायमै छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २५, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ तथा तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टको १९ अङ्क छ।

पाँचौँ स्थानमा रहेको अस्टनभिल्लाको १८ अङ्क छ। सोमबार अस्टन भिल्लाले टोटनहाम हस्टस्पर्ससँग खेल्ने छ। यसैगरी १७ अङ्कसहित छैटौँ स्थानमा रहेको चेल्सीले सोमबार म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ। १० खेल खेलेको आर्सनल पछिल्ला तीन खेलमा जितबिहीन छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको