बाढीका कारण स्पेनिस ला लिगा प्रभावित « Khabarhub

बाढीका कारण स्पेनिस ला लिगा प्रभावित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनको भ्यालेन्सियामा आएको बाढीका कारण शनिबार निर्धारित भ्यालेन्सिया र रियल म्याड्रिडको स्पेनिस ला लिगाको खेल रोकिएको छ।

शनिबार नै निर्धारित भिल्लारियल र रायो भल्कानोको खेलसमेत स्थगित भएको छ। यसै साताका अन्य तीन खेल पनि नहुने जनाइएको छ।

बाढीकै कारण प्रभावित खेलमा भ्यालेन्सिया क्षेत्रमा कुनै पनि खेल नगर्न स्पेनिस फुटबल संघले नै सूचना जारी गरेको छ।

शनिबार ला लिगमा २ खेल सम्पन्न भए। गिरोनाले लेगानासलाई ४–३ ले तथा ओसासुनाले भालाडोलिडलाई १–० ले हराए। ओसासुनालाई जित दिलाउने क्रममा १९ औँ मिनेटमा बुडिमिरले निर्णायक गोल गरे।

ओसासुना १२ खेलमा २१ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ। बार्सिलोना ११ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा छ। ११ खेलमा रियल म्याड्रिडको २४ तथा ११ खेलमै भिल्लारियलको २१ अङ्क छ। भिल्लारियल तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०३ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा