२४ वर्षीय युवाको लोभलाग्दो सफलता : फूल बेचेरै कमाउँछन् वार्षिक आठ लाख | Khabarhub Khabarhub

२४ वर्षीय युवाको लोभलाग्दो सफलता : फूल बेचेरै कमाउँछन् वार्षिक आठ लाख


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा (सुर्खेत)– सुर्खेतको भेरीगङ्गाका नगरपालिका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै पाँच लाखको फूल बेच्ने लक्ष्य राखेका छन् ।

भाइटीकाको अघिल्लो दिनसम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम चार सयमा बिक्री हुने गरेको छ ।

तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउँछन् । ‘अहिले फूलको मूल्य पनि राम्रै छ, तिहारमा मात्रै पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु’, उनले भने ।

२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका-११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिएका छन् ।

वार्षिक आम्दानी आठ लाखसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ’, समीरले भने ।

उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष दश लाख आम्दानीमा आशावादी छन्। । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिएँ, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु’, उनले भने ।

समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायी मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।

‘हाम्रा लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउन विदेश जानुपर्छ भन्ने छैन । तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ’, उनले अगाडि भने ।

उता भेरीगङ्गा नगरपालिका कार्यालयले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ५७ बजे

जेन–जीको आन्दोलनले रोकियो फिल्म ‘अभिमन्यु’को प्रदर्शन

काठमाडौं– जेन–जी पुस्ताको आन्दोलनको कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन रोकिएको छ

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा ‘नो

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

काठमाडौं – गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’