अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि « Khabarhub

अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।

५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ । सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्रतिशत छ ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ ।

यी राष्ट्रिय सर्वेक्षणहरूले देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर मात्र जान्न सकिने र चुनावी नतिजाको भविष्यवाणीको रुपमा भने बुझ्न नहुने भनिएको छ ।

अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ ।

कूल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन् ।

दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ ।

अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०० बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास