इस्पोनियलविरुद्ध बार्सिलोनाको जित, लिगमा पकड बढाउँदै « Khabarhub

इस्पोनियलविरुद्ध बार्सिलोनाको जित, लिगमा पकड बढाउँदै


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरे भने राफिन्हाले एक गोल गरे । त्यस्तै इस्पोनियलका लागि जाभी पुआडोले एक गोल गरे ।

यस जितपछि बार्सिलोनाले ला लिगामा १२ खेलबाट ३३ अंकसहित पक बलियो बनाएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई ९ अंकले पछि पारेको छ।

त्यस्तै पराजित इस्पोनियलको १२ खेलमा १० अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ । यसअघि ला लिगाको एल क्लासिकोमा रियल मड्रिडलाई हराएसँगै बार्सिलोनाको पकड बलियो भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ३३ बजे

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब