चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका « Khabarhub

चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ।

डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १० : १५ बजे सुरु हुने खेलका लागि नेपाल क्रिकेट संघले टोली सार्वजनिक गरेको छ।

अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेलमा चोटका कारण करण केसी र भीम सार्की नदेखिने भएका छन् ।

तीव्र गतिका बलर केसी र ब्याटर सार्कीले त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाएपछि उनीहरूको स्थानमा देव खनाल र सागर ढकाललाई मौका दिइएको छ ।

देव ट्राभलिङ रिर्जभका रूपमा टोलीसँग थिए । यसअघि यसै शृंखलामा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

नेपालले त्यसपछि घरेलु टोली अमेरिकासँग तीन विकेट र ३७ रनले हारको स्वाद चाख्यो । ११ खेलबाट पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ ।

नेपाल जारी शृंखलामा दोस्रो जितको खोजीमा छ । उता स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ । स्कटल्यान्ड अमेरिकाविरुद्ध १० विकेट र ७१ रनले विजयी भइसकेको छ।

यसअघि नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियतर्फ सातवटा भिडन्त भएका छन् । जसमध्ये नेपालले चार र स्कटल्यान्डले तीनवटामा जित निकालेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : १२ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ