आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान « Khabarhub

आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ । यो दुर्घटनापछि पाइलट र को-पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन् ।

समाचार अनुसार प्राविधिक समस्या आएपछि पाइलटले यो विमानलाई सुझबुझ देखाएर कागारौलको सोनिगा गाउँनजिकैको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए । यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो ।

जहाजमा समस्या आएपछि पाइलट र को-पाइलटले प्यारासुटबाट छलाङ लगाएर ज्यान बचाएका थिए । यसबारेमा भारतीय वायु सेनाले औ‍पचारिक भनाइ सार्वजनिक गरेको छैन।

शुरुआती जानकारीअनुसार यो मिग-२९ लडाकु विमान पञ्जाबको आदमपुरदेखि उडेको थियो । विमान खसेपछि घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ। अहिले त्यहाँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : ३१ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको