क्यानाडामा मन्दिर तोडफोड : हिन्दु समुदाय विरोधमा उत्रिने, भारतको पनि आपत्ति | Khabarhub Khabarhub

क्यानाडामा मन्दिर तोडफोड : हिन्दु समुदाय विरोधमा उत्रिने, भारतको पनि आपत्ति


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

क्यानाडा- क्यानाडामा एउटा हिन्दु मन्दिरमा आक्रमण र तोडफो भएको छ। त्यसको विरोधमा उत्तरी अमेरिकाका हिन्दुहरूको गठबन्धन (सीओएचएनए)ले आन्दोलन गर्ने भएको छ ।

क्यानाडाको ब्र्याम्पटनस्थित हिन्दु सभा मन्दिरमा खालिस्तानी समूहका सदस्यले आक्रमण गरेको बताइएको छ । त्यसको विरोधमा हिन्दुहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका हुन् ।

समाचार अनुसार यो विरोध प्रदर्शन मन्दिर र नजिकैको लक्ष्मी नारायण मन्दिरमा खालिस्तानी धम्की तथा हिन्दू विरोधी धारणाविरुद्ध एकता देखाउन गर्न लागिएको हो ।

यसलाई लिएर संगठनले एक्समा एक पोस्ट सार्वजनिक गरेको छ। जसमा ४ नोभेम्बर साँज ६ बजे हिन्दू सभा मन्दिर, ब्र्याम्पटन र लक्ष्मी नारायण मन्दिर क्षेत्रमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि जोडिन भनिएको छ । क्यानाडामा हिन्दु मन्दिरमा हिंसाको एक दिनपछि आएको खालिस्तानी धम्की र हिन्दु विरोधी धारणाबारे एकजुट हुन पनि भनिएको छ ।

यसअघि संगठनले आक्रमणको एक भिडियो पनि सार्वजनिक गरेको थियो । जसमा हिन्दू क्यानेडियन फाउन्डेशनले खालिस्तानी आतंकवादीले बालबालिका र महिलामाथि आक्रमण गरेको आरोप लगाइएको थियो ।

उता क्यानाडामा भारतीय उच्चायोगले यस हमलालाई ‘भारत विरोधी’ तत्वकोतर्फबाट गराइएको हिंश्रक व्यवधान भनेको थियो । उच्च आयोगले भारतीय नागरिकको सुरक्षाबारे पनि चिन्ता जनाएको थियो।

भारतीय दूतावासको वक्तव्यमा स्थानीय सह-आयोजकको पूर्ण सहयोगमा वाणिज्य दूतावासको तर्फबाट आयोजित नियमित परामर्श कार्यमा यस प्रकारका व्यवधानबारे त्यहाँको सरकारले आँखा चिम्लिनुलाई आपत्ति र निराशाजनक भनिएको थियो । दूतावासले आफूहरू भारतीय नागरिकसहित अन्यको सुरक्षामा चिन्तित रहेको बताइएको थियो ।

उता भारतीय विदेश मन्त्रालयले सोमवार को ब्र्याम्पटनमा हिन्दु सभा मन्दिरमा चरमपन्थी र अलगाववादीले गरिएको हिंसाको निन्दा गरेको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानाडा सरकारसँग हिंसामा सहभागीलाई कारबाही गर्न भनेका थिए ।

यस आक्रमणको क्यानाडामा पनि विरोध भइरहेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि यस घटनाको निन्दा गरेका छन् । क्यानाडाका विपक्षी नेता पियरे पोलीभरले यस घटनालाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।

प्रधानमन्त्री ट्रूडोले एक्समा एक पोस्ट लेख्दै ब्र्याम्पटनमा हिन्दु सभामाथि भएको हिंसा अस्वीकार्य रहेको बताएका छन् । उनले क्यानाडामा आफ्नो धर्मको स्वतन्त्र र सुरक्षित पालना गर्ने अधिकार सबैलाई रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ०३ बजे

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका