रविलाई अदालत लग्ने दिन मंगलबार कास्कीमा रास्वपाको खबरदारी सभा | Khabarhub Khabarhub

रविलाई अदालत लग्ने दिन मंगलबार कास्कीमा रास्वपाको खबरदारी सभा


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबार पनि पोखरामा खबरदारी सभा गर्ने भएको छ ।

कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई भोलि म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ ।

रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।

‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । भोलि कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’

उनले भोलि २० गते लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् ।

उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन ।

‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । भोलि पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।

रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको बुधबार नै बयान सकिए पनि बिदाका कारण म्याथ थप हुन पाएको थिएन ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : १६ बजे

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ– उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मंगलबार २२ जनाको

‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै 

अस्ट्रेलिया–  हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको

स्वास्थ्यमन्त्रीले भने- स्वास्थ्य क्षेत्रमा तीनै तह मिलेर काम गरौँ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना