रविलाई अदालत लग्ने दिन मंगलबार कास्कीमा रास्वपाको खबरदारी सभा « Khabarhub

रविलाई अदालत लग्ने दिन मंगलबार कास्कीमा रास्वपाको खबरदारी सभा


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबार पनि पोखरामा खबरदारी सभा गर्ने भएको छ ।

कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई भोलि म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ ।

रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।

‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । भोलि कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’

उनले भोलि २० गते लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् ।

उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन ।

‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । भोलि पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।

रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको बुधबार नै बयान सकिए पनि बिदाका कारण म्याथ थप हुन पाएको थिएन ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : १६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन