अर्घाखाँचीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते « Khabarhub

अर्घाखाँचीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्यु र आठ जना घाइते भएका छन् ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।  ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ४२ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको