भारतले ल्यायो हरित हाइड्रोजनबाट चल्ने बस « Khabarhub

भारतले ल्यायो हरित हाइड्रोजनबाट चल्ने बस


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नयाँ प्रविधिमा आधारित हरित हाइड्रोजनबाट सञ्चालन हुने सवारी साधन सार्वजनिक गरेको छ । भुटानी प्रधानमन्त्री छिरिङ टोग्बेको भारत भ्रमणका क्रममा भारतीय पेट्रोलियम एवम् प्राकृतिक ग्यासमन्त्री हरदिप सिंह पुरीले हरित हाइड्रोजनबाट सञ्चालन हुने बसको उद्घाटन गरेका हुन् ।

यो बसमा जडान भएको इन्जिन हाइड्रोजनबाट सञ्चालन हुन्छ । हाइड्रोजन र हावामा रहेको अक्सिजनबाट उत्पादन हुने ऊर्जाबाट बस सञ्चालन हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसबाट धुवाँ नभइ पानी निस्किने जनाइएको छ । हरित हाइड्रोजनबाट सञ्चालन हुने बसलाई चाँडै सार्वजनिक सवारीका रुपमा प्रयोग गरिने अपेक्षा गरिएको छ ।

आगामी पुस्ताका लागि हरित र दीगो ऊर्जा उत्पादनमा नयाँ प्रविधि प्रभावकारी हुने अपेक्षा गरिएको छ । भारतले सन् २०७० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ९ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले