अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने « Khabarhub

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरिएको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ ।

ताइवानलाई अमेरिकाले बिक्री गर्न लागेको हतियारमा उन्नत हवाई प्रतिरक्षा क्षेप्यास्त्र समेत रहेको छ । ती क्षेप्यास्त्र युक्रेनमा जारी युद्धमा समेत परीक्षण भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेका बेला अमेरिकाले हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरेको हो ।

पेन्टागनको रक्षा सुरक्षा सहकार्य निकायका अनुसार ती हतियारमध्ये १ अर्ब १६ करोड डलरको हवाई प्रतिरक्षा क्षेप्यास्त्र र ८२ करोड ८० लाख डलर बराबरको रडार प्रणाली रहेको छ ।

ताइवानले अमेरिकी कदमको स्वागत गर्दै ती हतियारबाट चिनियाँ सैन्य गतिविधिको प्रतिकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पछिल्लो समय ताइवानले आफ्नो प्रतिरक्षाका लागि सैन्य क्षेत्रमा आधुनिकीकरण गर्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई मुख्यभूमिमा एकीकरण गर्नका लागि आवश्यक परे बल प्रयोग गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ०३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल