कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो | Khabarhub Khabarhub

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।

बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान पोखरीमा खस्दा चालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुशल पोखरीबाट बाहिर निस्किएका थिए । सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो ।

सो टोलीले बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो ।

गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ११ : ०६ बजे

रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्र

वाणिज्य बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको

सांसदको काम थिति बसाल्ने हो : उपसभापति वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज–  बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ