कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप २५ दिन « Khabarhub

कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप २५ दिन


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रविसँगै उनका व्यावसायिक साझेदार तथा गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशीलाई पनि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताएअनुसार अहिले यी दुवैजनालाई हिरासतमा राख्न म्याद थप्ने नथप्ने विषयमा बहस सकिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको छ । जसमा तिहार बिदाको ५ दिन काट्दा अदालतले दिएमा रविले अझै २० दिन अर्थात् मंसिर १० गतेसम्म हिरासतमा बस्नुपर्ने हुन्छ। अदालतले यसबारे आदेश दिइसकेको छैन।

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने

अदालतमा बहस सकिएकाले केहीबेरमा अदालतले थप कति दिनको म्याद दिने आदेश जारी गर्नेछ ।

पूर्वडीआईजीसमेत रहेका जोशी असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् । उता कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १५ मा म्याद सकिए पनि तिहार बिदाका कारण त्यसबीचको ५ दिनमा अदालत लगिएको थिएन ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै पक्राउ परेका अन्य लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट तीन करोड रुपैयाँ जम्मा भएको खुलेको छ । उता तनहुँका खनाल भने गितेन्द्रबाबु राई (जीबी) समूहद्वारा सञ्चालित नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन्।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : १९ बजे

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको