विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’ « Khabarhub

विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे एक दर्जन फिल्ममा सहायक भूमिकामा अभिनय गरेका कलाकार विजय बराल ‘पूर्णबहादुरको सारङ्गी’मा केन्द्रीय भूमिकामा रहेका छन् । गत कात्तिक १५ बाट प्रदर्शनमा आएको उक्त फिल्मले ‘सुपरहिट’को ट्याग पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले उक्त फिल्मलाई मंगलबार सुपरहिटको ट्याग दिएको हो । क्यूएफएक्सले तिहार लक्षित गरी प्रदर्शनमा आएको एक हिन्दी फिल्म ‘सिंगम अगेन’लाई पनि सुपरहिटको ट्याग दिएको छ । सँगै प्रदर्शनमा आएको अर्को हिन्दी फिल्म ‘भुलभुलैया’ भने यो मान्यता पाउन सकेको छैन ।

ठूला ब्यानरका हिन्दी फिल्मसँग हलमा प्रतिस्पर्धा गरे पनि सकारात्मक ‘वर्ड अप माउथ’का कारण ‘पूर्णबहादुरको सारङ्गी’को अकुपेन्सी उच्च छ । सोहीकारण हलहरुले शो संख्या पनि बढाएका छन् ।

निर्माण पक्षको दाबीअनुसार यस फिल्मले सुरुवाती ५ दिनमा ४ करोड ८७ लाख ग्रस कलेक्सन गरेको हो । उक्त कलेक्सन गत बिहीबारदेखि सोमबारसम्मको हो ।

यस फिल्मले गन्धर्व परिवारको बुवा-छोराको भावनात्मक सम्बन्धको कथा उठान गरेको छ । फिल्ममा विजयसहित नायक मुकुन भुसाल, प्रकाश सपुत, नायिकाअञ्जना बराइली मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : ४३ बजे

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ

वर्षमान भन्छन् : नयाँलाई जिताउन व्यवसायीले बोरामै पैसा बोकेर हिँडे, अहिले पछुताउँदैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४