पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन् « Khabarhub

पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन् । उनले क्यालिफोर्निया, वासिङ्गटन, इडाहोसहित न्यू म्याक्सिको र ओरेगनमा पनि जित निकालेकी छन्।

यी पाँच राज्यमा जितका साथ कमला ह्यारिस अहिलेसम्म २०५ इलेक्टोरल कलेज भोट ल्याउन सफल भएकी छन् । उलाई अब १९ राज्यमा अग्रता मिलेको छ । उता डोनाल्ड ट्रम्प अहिले पनि २३० इलेक्टोरल कलेज भोटसहित २७० बहुमतको आँकडा नजिक पुगेका छन् । रिपब्लिकन पार्टी अहिलेसम्म २८ राज्यमा अगाडि छ ।

अहिलेसम्मको नतिजाअनुसार रिपब्लिकन र डेमोक्रेटिक पार्टीप्रति झुकाव राख्ने अधिकांश राज्यमा खास ठूलो परिवर्तन देखिएको छैन। उता स्विङ् स्टेट्स अर्थात् प्रत्यासी देखेर समर्थन फेर्ने राज्यको भिडन्त रोचक छ । अहिलेसम्मको रुझानमा यी राज्यमा ट्रम्पको पकड बलियो छ ।

अहिले पनि भोट गणना जारी छ । तर दुवै नेताबीच पछिल्लो समय कडा टक्कर चलेको देखिएको छ । यसैबीच डोनाल्ड ट्रम्पले सन् २०२० को जस्तै यस पटक पनि स्विङ स्टेट पेन्सिलभेनियामा पछि परेपछि धोका भएको आरोप लगाएका छन् । उनले यसबारेको कुनै प्रमाण दिएका छैनन् । उनले प्रवर्तन एजेन्सीलाई भने धम्की दिएका थिए ।

डोनाल्ड ट्रम्पले अहिलेसम्म २८ राज्यमा अग्रता मिलेको छ । जसमा भ्योमिङ, पश्चिमी भर्जिनिया, टेक्सास, टेनेसी, साउथ डकोटा, साउथ केरोलाइना, ओक्लाहोमा, ओहायो, नेब्रास्का, नर्थ डकोटा, मिसिसिप्पी, लुइसियाना, केन्टकी, इन्डियाना, फ्लोरिडा, आरक्यान्सस, एलाबामा, आईओवा, मिजूरु, युटाह, वेस्ट भर्जिनिया र मोन्टानासहित छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ५९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली