ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते  « Khabarhub

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।उक्त बोनस शेयर मंसिर ६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र पाउने छन् ।

कम्पनीले मंसिर ९ गते बुक क्लोज तोकेको छ । मंसिर ७ गते शुक्रबार र ८ गते शनिबार परेकाले उक्त दिन शेयर कारोबार नहुने भएकाले मंसिर ६ गते शेयर खरिद गर्नेले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २० बजे

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा