पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने | Khabarhub Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । 

बुधबार दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

मंगलबार रत्नचोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरेको थियो ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ ‘संसदीय छानविन समितिले अनुसन्धान गरि सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता नरहेको भनेपनि सरकारले अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कुनै आधार नभएपनि म्याद थपेर हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। 

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ११ बजे

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को