अभिनयमा फर्कंदै उत्तम, ‘कल्ली’मा अनुबन्ध « Khabarhub

अभिनयमा फर्कंदै उत्तम, ‘कल्ली’मा अनुबन्ध


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘कल्ली’मा कलाकार उत्तम प्रधानको प्रवेश भएको छ । निर्माण पक्षले उनी फिल्ममा अनुबन्ध भएको जानकारी दिएको हो ।

सिक्किम पुगेर प्रधानलाई फिल्ममा अनुबन्धन गरेको निर्देशक सुनारको भनाइ छ । तर, निर्माण पक्षले फिल्ममा उनको भूमिकाबारे खुलाएको छैन ।

लामो समयपछि फिल्ममा अभिनयमा फर्कने पक्का भएपछि उत्तमले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाया’बाट डेब्यू गरेका उत्तम वि.स‌ं. २०६० को दशकका स्थापित कलाकार हुन् ।

तर, उनी सन् २०१२ बाट उनी अभिनयमा सक्रिय छैनन् । सन् २०१७ मा प्रदर्शनमा आएको ‘दर्पण छाया-२’ उनी विशेष भूमिकामा देखिएका थिए । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

उनको प्रवेशसँगै फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यसअघि नै फिल्ममा नायकहरू सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र नायिका बेनिशा हमाल अनुबन्ध भइसकेका छन् ।

यस फिल्मको कथा निर्देशक सुनार स्वयम्‌ले लेखेका हुन्‌ । पटकथा तथा संवाद भने महेश दवाडीको रहेको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको निर्माता किरण नेपाली हुन् ।

निर्देशक सुनारका अनुसार फिल्मको छायाङ्कन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा हुनेछ । आगामी नयाँ वर्ष लक्षित गरी चैतको २९ गतेबाट फिल्म प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : १८ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध