सिङ्गारिँदै सिरहाका छठ घाट | Khabarhub Khabarhub

सिङ्गारिँदै सिरहाका छठ घाट


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरू छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् । 

लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताए। 

नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उनले जानकारी दिए।

दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। 

उनले भने, ‘नगरको सरसफाइ युनिट यहाँका पोखरी, नदी तथा जलाशयको सरसफाइमा परिचालित गरिएको हो ।’

सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदी तथा सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीसहित यहाँका स्थानीय पोखरी, गागन खोला, मैनावती खोला, सर्रे खोला, कमला सिँचाइ नहर तथा शाखा नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु भएको हो ।

जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा तथा नेपाल भारत सिमाना नजिकका हुलाकी बजारहरूमा छठमा प्रयोग हुने केराको घरी तथा अन्य प्रसाद सामग्रीको किनमेल गर्ने भक्तजनको घुइँचो बढेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ६ : ४२ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच