‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ « Khabarhub

‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले कमलादस्थित एक सिनेमा हलमा कार्यक्रमको आयोजना गरी बुधबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । एक्सनका दृश्यलाई प्राथमिकताका साथ समावेश गरिएको पाइन्छ । भारतीय कलाकारहरूलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

कार्यक्रममा निर्देशक पन्त, नायिका एवं निर्माता निता ढुंगाना, नायक हरिहर अधिकारी, नायिका गरिमा शर्मालागयत उपस्थित थिए । फिल्मका अन्य कलाकार रेखा थापा, विपना थापा, सञ्चिता लुइटेल उपस्थित थिएनन् ।

त्यस्तै, यस फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहान भने अनुपस्थित रहे । उनीहरु प्रिमियरमा भने उपस्थित हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।

कार्यक्रममा ढिला आइपुगेकी नायिका शर्माले सडक दुर्घटनामा परेरे अलमलमा परेको सुनाइन् । ढिला आएकामा माफी माग्दै उनले भनिन्, ‘दुर्घटनामा भयो । खुट्टामा चोट लाग्यो । त्यही भएर म ढिला आइपुगेँ ।’

निर्मातासमेत रहेकी नीताले फिल्मको लगानीबारे पनि खुलाइन् । भारतका चल्तीका कलाकारहरूलाई लिएर पनि फिल्म ६ करोडमा लगानी निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

उनले स्पष्ट पारिन्, ‘प्रचार र कलकारका प्राविधिको पारिश्रमिकका सबै गरेर ६ करोड लगानी भएको छ ।’

त्यस्तै, लेखकसमेत रहेका हरिहरले भने फिल्म आफूले सोचेकोभन्दा उत्कृष्ट बनेको बताए । उनले भने, ‘मैले कथा लेख्दा सोचेको भन्दा फिल्म उत्कृष्ट बनेको छ ।’

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको लेखक हरिहर र प्रतीक पौडेलले मिलेर लेखेका हुन् । पटकथा निर्देशक पन्त र हरिहरले लेखेका हुन् ।

यो फिल्म नेपाली, हिन्दी र तेलगु भाषामा प्रदर्शन हुने बताइएको छ । नेपालमा हिन्दी र नेपाली दुई भाषामा प्रदर्शन गर्ने योजनामा निर्माता नीता रहेकी छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ३५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका