यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित « Khabarhub

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुँदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ । कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।

अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : ३५ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा