यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित « Khabarhub

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुँदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ । कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।

अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  २ : ३५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ