खोकनाका किसान धमाधम भित्र्याउँदैछन् धान (तस्बिरहरू) « Khabarhub

खोकनाका किसान धमाधम भित्र्याउँदैछन् धान (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ललितपुर- दशैंतिहार सकिएलगत्तै देशभरका अधिकांश किसान यतिबेला धान काट्ने चटारोमा छन् । अर्कातिर खेतबारी खाली गरेर गहुँसहितका बाली छर्ने काम पनि सुरु हुन लागेको छ ।

काठमाडौं उपत्यकाकै ऐतिहासिक र सांस्कृतिक महत्त्वको ठाउँ ललितपुरको खोकनामा पनि यतिबेला किसानलाई धान काटेर थन्क्याउने चटारो छ ।

खोकनामा यतिबेला कोही किसान धान काट्न खटिएका छन् भने कोही धान झार्न व्यस्त छन् । यस पटक धान राम्रो फलेकाले उनीहरू खुसी देखिएका छन् ।

यो वर्ष मनसुनले नेपाली कृषकलाई साथ दिँदा समयमै धान रोप्न सफल भएकाले त्यहीअनुसार फलेको पनि छ ।

कृषि विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष १३ लाख ४९ हजार हेक्टर बढीमा धान रोपाइँ भएको छ ।

अरु बेला पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर्नुपर्नु पर्थ्यो । तर यस वर्ष पर्याप्त पानी परेकाले छिट्टै धान रोप्दा किसानको मुहार चम्किएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  २ : ४५ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी