एक सय ३१ यात्रुसहितको चिनियाँ चार्टर्ड जहाज पोखरामा « Khabarhub

एक सय ३१ यात्रुसहितको चिनियाँ चार्टर्ड जहाज पोखरामा


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– शुक्रबारदेखि सुरु हुने ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा सहभागी हुने १३१ जनाको टोली लिएर एउटा चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

युन्नान प्रान्तको कुनमिङ विमानस्थलबाट १३१ जनाको चिनियाँ बोकेको सिचुवान एयरलाइन्सको एयरबस ३१९ नम्बरको चार्चर्ड विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो । पहिलो पटक पोखरा पुगेको उक्त जहाजलाई वाटर स्यालुट दिएर स्वागत गरिएको छ ।

पोखरामा शुक्रबारदेखि ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा हुँदैछ । त्यसमा चिनियाँ खेलाडी पनि सहभागी हुँदैछन् । जहाजमा केही चिनियाँ पर्यटक पनि आएका छन् ।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।

ती चिनियाँहरूलाई पोखरा विमानस्थलमा अवतरण गराएपछि सिचुवान एयरलाइन्सको उक्त जहाज अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ५ : १७ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको