उपनिर्वाचन : जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार « Khabarhub

उपनिर्वाचन : जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले आज उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : २० बजे

१९ बलमा काठमाडौंका भीमको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम– इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको