चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर « Khabarhub

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको छ । पछिल्लो समय चीनले कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्रको विस्तार गर्न थालेको छ । यसबाट कार्बन उत्सर्जनको अवस्था अझ भयावह बन्दै जाने अनुमान गरिएको छ ।

चीनले विद्युत उत्पादनका लागि कोइलाको खपत घटाउने बाचा गरेपनि व्यवहारमा त्यसो देखिएको छ । पछिल्लो तथ्यांकअनुसार यस वर्षको सेप्टेम्बर महिनामा चीनले ४ करोड ७५ लाख टन कोइला आयात गरेको छ ।

यति मात्रै होइन, आफ्नो देशबाहिर पनि चिनियाँ कम्पनीले कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्रको निर्माण गरिरहेका छन् । चीनले विभिन्न २८ मुलुकमा १ सय ३ वटा यस्ता ऊर्जा केन्द्र स्थापना गर्ने लक्ष्य अघि सारेको छ । यसले वायुमण्डलमा ४३ करोड टन बराबरको कार्बन उत्सर्जन भएको आँकलन गरिएको छ ।

सन् २०२३ मा विश्वमा हालसम्म कै सबैभन्दा उच्च कोइला खपत भएको थियो । उक्त अवधिमा विश्वव्यापी कोइला खपतको कुल ६० प्रतिशत चीनले खपत गरेको थियो ।

सन् २०२३ मा चीनले ३.७ गिगावाट ऊर्जा उत्पादन क्षमता भएका कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्र बन्द गराएको थियो । तर, सोही अवधिमा कोइलाबाट सञ्चालन हुने ४७.४ गिगावाट उत्पादन क्षमताका ऊर्जा केन्द्र स्थापना गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ९ : २४ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध