भृकुटीमण्डपमा विराट महायज्ञ र विज्ञान सम्मेलन « Khabarhub

भृकुटीमण्डपमा विराट महायज्ञ र विज्ञान सम्मेलन


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी  ‘अतिरुद्र विश्व कल्याण विराट महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् ।

महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कुलपति  जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने बताए। योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उनले बताए। 

महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ । 

विश्वभर वैदिक परम्पराको  प्रवर्द्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : १३ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको