फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने « Khabarhub

फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित नेपाली फिल्मको वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ ।

निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मङ्सिर २३ गते प्रिमियर हुने जानकारी दिएको हो । प्रिमियरमा निर्देशक मिलन चाम्स र फिल्ममा अभिनयसमेत गरेकी एञ्जिला सहभागी हुने छिन् ।

फिल्ममा एञ्जिलासहित सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङलगायतले पनि अभिनय गरेका छन् । नेपालमा यस फिल्मको प्रदर्शन आगामी फागुन २९ गते तोकिएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन एञ्जिलाको जन्मस्थान इलामको आइतबारे पनि गरिएको छ । इलामसहित झापा र काठमाडौंमा पनि छायाङ्कन गरिएको निर्माण पक्षले बताएको छ ।

निर्देशक चाम्सका अनुसार फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गरिएको छ ।

खेलाडी बन्न चाहनेलाई यस फिल्मले थप प्रेरित गर्ने उनको दाबी छ । भन्छन्, ‘यस फिल्मले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ ।’

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : २१ बजे

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन