सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा कश्मीरको सुरु उपत्यका « Khabarhub

सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा कश्मीरको सुरु उपत्यका


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेशनल जियोग्राफिकले भारतको कश्मीरमा रहेको सुरु उपत्यकालाई सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा राखेको छ । जियोग्राफिकले सुरु उपत्यकामा रहेका अद्भूत भूबनोट, जीवन्त सँस्कृति र आनन्ददायी वातावरणले पर्यटक लोभ्याउने उल्लेख गरेको छ ।

सुरु उपत्यकामा हिमाली हिमश्रृङ्खलाको अद्भूत दृश्य देख्न पाइन्छ । त्यसैगरी, त्यहाँ सुरु गुम्बाजस्ता प्रचीन धार्मिक एवम् ऐतिहासिक क्षेत्र पनि रहेका छन् । सो क्षेत्र साहसिक र अध्यात्मिक उद्देश्यले घुम्न जाने पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको जनाइएको छ ।

कश्मीर न्युज अब्जभरसँग कुराकानी गर्दै स्थानीय पर्यटन अधिकारीले जियोग्राफिकले सुरु उपत्यकालाई पर्यटकीय गन्तव्यको सूचीमा राखेसँगै आफ्नो क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । स्थानीय गाइड छिरिङ ल्हामोले पनि यस क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ०६ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक