सहज र सुलभ हवाई यातायातका लागि चार बुँदे सहमति « Khabarhub

सहज र सुलभ हवाई यातायातका लागि चार बुँदे सहमति


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हवाई टिकटको उपलब्धता तथा सहज र सुलभ हवाई यातायात सञ्चालनका लागि सरोकारवालाबीच चार बुँदे सहमति भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएको अवस्थामा टिकटको उपलब्धता तथा सहज र सुलभ हवाई यातायात सञ्चालनका लागि सरोकारवालाबीच चार बुँदे सहमति भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरू तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच शनिबार भएको छलफलमा उक्त निर्णय गरिएको हो ।

सहमतिअनुसार सम्पूर्ण वायुसेवा सञ्चालकहरूले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था  खारेज गरिने भएको छ । 

यस्तै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ (मूल्य निर्धारण) शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नुपर्ने छ ।

सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्तबमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने सहमति सरोकारवालाबीच भएको छ । सहमतिमा ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने उल्लेख छ ।

त्यसैगरी तोकिएबमोजिमको हवाई भाडामात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने सहमति जुटाउँदै उनीहरूबीच वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने समझदारी बनेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ३५ बजे

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ