गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा आधिकांश महिला तथा बालबालिका रहेका छन् ।  

खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताएका छन् ।  

प्यालेस्टिनी मानव अधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको पुष्टि गरेको छ ।

गाजाको अल–तुफाह जिल्ला स्थित हजारौं विस्थापितको आश्रय स्थल फहद अल–सबाह स्कूलमा भएको इजरायली आक्रमणमा बच्चासहित पाँच जनाको मृत्यु  हुनुका साथै करिब २२ जना घाइते भएको बासलले जनाएका छन् । उनले  घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताएका छन् ।   

यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतंककारीको मृत्यु भएको जनाएको छ भने रफाहमा धेरै लडाकुहरूको मृत्यु भएको जनाएको छ । 

सेना हाल लेबनानमा हिजबुल्लाह र गाजामा हमाससँग लडिरहेका सैनिकहरूसँग दुई मोर्चाको युद्धमा संलग्न छ । पछिल्लो आक्रमणमा सनाले लेबनान र गाजामा ५० भन्दा बढी आतंककारी लक्ष्यहरूमा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमण सैन्य संरचना, हतियार भण्डारणलगायतका क्षेत्र लक्षित रहेको विज्ञप्तिमा जनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इजरायलको सैन्य आक्रमणले आधिकांश नागरिकसहित कम्तिमा ४३ हजार ५०८ जनाको ज्यान लिइ सकेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ४८ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने